धनगढीका मेयर गोपाल हमालकी छोरी आरती वेपत्ता

61 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । धनगढीका मेयर गोपाल हमालकी छोरी आरती वेपत्ता भएकी छिन् । ओशो साधक आरती गोवामा बस्दै आएकी थिइन् ।

सोमबारदेखि गोवाको ‘जोरबा वाईब आश्विन ब्रिज’बाट सम्पर्कविहीन भएकी हुन् । आरती हराएको उनको साथीबाट खबर आएको मेयर हमालले जनाएका छन् ।

गोवा बस्नेहरूलाई खोजी कार्यमा सहयोग गरिदिन उनले अपिल गरेका छन् ।

सामाजिक सन्जालमार्फत हमालले भनेका छन्,

मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।