मेयर गोपाल हमालकी छोरी भारतको गोवामै भेटिइन्

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । वेपत्ता भएकी कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिनुभएको छ ।

छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिनुभएको छ ।

आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आउनुभएको थियो । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी अस्तिदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।