भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक पर्सी बस्ने

31 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजेर १५ मिनेटमा बोलाइएको बैठक स्थगित गरिएको हो ।

आज राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन् ।

राष्ट्रिय सभाको आगामी बैठक पर्सी शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।