एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री

29 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ ।

हिजो सकिएको ११ औँ अधिवेशनबाट पृथ्वी सुब्बा गुरुङ पक्षका उम्मेदवार माधव बास्तोलालाई दुईसय चार मतले पराजित गर्दै खगराज अधिकारी पक्षका क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ, उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी हुनुभएको छ ।

निर्वाचित धेरैजसो खगराज अधिकारी पक्षका हुन् । कास्की एमालेमा गुरुङ र अधिकारी पक्षबीच निकै प्रतिष्पर्धा हुने गरेको छ ।