आजको अंग्रेजी विषयको परीक्षा सम्पन्न, भोलि कुन विषय ?

40 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एसईईको पहिलो दिनको अंग्रेजी विषयको परीक्षा सकिएको छ । भोलि नेपाली विषयको परिक्षा हुने तालिका रहेको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

विगतका परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले एक सय पूर्णाङ्कको परीक्षामा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने जानकारी दिए । उनका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।