आजदेखि सुरु भएको एसईईमा धादिङबाट ४ हजार ९११ परिक्षार्थी सहभागि

33 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । यसवर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) आजदेखी सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ । परिक्षामा धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी भएका छन् ।

२४ वटा परिक्षा केन्द्रबाट २०७ जना प्राविधिक तर्फबाट, ग्रेडबृद्धि तर्फबाट २१ जना र खुल्ला विद्यालयबाट ३२ जना सहित ४ हजार ९११ जना विद्यार्थीहरु धादिङबाट एसईईमा सहभागी भएका छन् ।

यस्तै, सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।