आरजू राणाको शल्यक्रिया
339 पटक पढिएको
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ।
डा देउवाको सचिवालयका अनुसार उनको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको भए पनि उनी अझै केही दिन अस्पतालमै रहेर उपचार गरिने उनको सचिवालयले जनाएको छ।
चैत २ गते आरजू नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्।







