नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना

36 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । मुटुमा समस्या भएपछि नेता रायमाझीलाई हिजो भर्ना गरिएको थियो ।

उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिनुभयो । उहाँको मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको पौडेलले बताउनुभयो ।

रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।