धादिङ अस्पतालमा कार्यरत डाक्टर प्रतिभा मृत भेटिइन

952 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १६ चैत :  धादिङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला परेकी छिन्।

 अस्पताल बाट घर विदामा गएकी डाक्टर प्रतिभा काठमाडौं  महानगरपालिका–१३ छाउनीस्थित घरमा  बिहीबार मृत भेटिएकी हुन्।डा. प्रतिभा २०८० असार २५ गते देखि धादिङ अस्पतालमा कन्सलटेन्ट जनरल सर्जन पदमा कार्यरत थिईन ।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले तत्काल वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पाएकी उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ।

डाक्टर प्रतिभाको अकल्पनीय निधन प्रती धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले दु:ख ब्यक्त गरेका छ्न । यसै गरि उनलाई नजिक बाट चिन्नेहरुले पनि एकजना सहयोगी मन भएकि दक्ष डाक्टर गुमाउनु परेको भन्दै सामाजिक सन्जाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरिरहेका छ्न ।