त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

103 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले पाँचजनाको शव फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो। तर उनीहरूको परिचय खुलेको छैन।

चितवनको इच्छाकामना गाउँपालिका(५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक आज शनिबार बिहान सवा ७ बजे बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।