केही महिना भित्रै गठबन्धन टुट्ने शेखर कोइरालाको दाबी

54 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गर्नुभएको छ ।

अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै नेता कोईरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई थियो । आज शनिबार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राख्नुभयो ।

राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राख्नुभयो । नेता कोईरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गर्नुभयो ।