नेपाल आयरल्यान्ड वुल्भ्ससँग दोस्रो खेलमा पराजित

47 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । टी-२० क्रिकेट श्रृंखला अन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाल ४० रनले पराजित भएको हो।

जितका लागि २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १७ दशमलव  ५ ओभरमा १ सय ८४ रनमै समेटियो।

लगातार दोस्रो हारसँगै नेपालले तीन खेलको श्रृंखला २–० ले गुमाएको छ। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। तेस्रो तथा अन्तिम खेल आगामी सोमबार हुनेछ।