हावाहुरी र असिना–पानीले फलफूल,तरकारी र अन्नबालीमा क्षति

109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ चैत । शनिबार साँझपख आएको हावाहुरी र असिना–पानीले धादिङ जिल्लाका अधिकांश स्थानमा  फलफूल, तरकारी र अन्नबालीमा क्षति पुर्‍याएको छ।

शनिवार आएको हावाहुरी र असिना–पानीले जिल्लाको अधिकांश स्थानमा फुल्दै गरेका सुन्तला, निबुवा, कागती, नासपातीका साथै गहुँबाली र तरकारीमा क्षति पुर्‍याएको छ ।

हावाहुरी हुरी र असिना–पानीले जिल्लाभर किसानले लगाएको अन्नबाली तथा नगदेबाली र तरकारीमा के कति क्षति गरेको छ भन्ने बारेमा जानकारी नआईसकेको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ ।

लामो समय सम्म खडेरीका कारण खेतीबाली फस्टाउन नसकिरहेको समयमा अचानक आएको असिना–पानी र हावाहुरीले भएको बालीसमेत नष्ट गरेपछि किसान निराश बनेका छन्।

  • फाईल तस्बिर /धादिङ न्यूज