मोटरसाइकलको ठक्करबाट धादिङकी लक्ष्मी तामाङको मृत्यु
156 पटक पढिएको
![](https://dhadingnews.com/wp-content/uploads/2023/07/death_body.jpg)
काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी धादिङकी एक महिलाको मृत्यु भएको छ ।
हिजो बिहान बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।