सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह देखिएको प्रधानमन्त्रीको भनाइ

29 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउनुभएको हो ।

यस्तै उहाँले आगामी आर्थिक वर्षदेखि रु तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताउनुभयो ।