सरकारले बढायो पेट्रोलको भाउ

305 पटक पढिएको

१८ चैत्र २०८०, आईतवार २१:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौ । पेट्रोलको भाउ सरकारले फेरि बढाएको छ ।

सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।