१६ सय रुपैयाँले बढेर सुन आज तोलामा १ लाख ३१ हजार नाघ्यो

36 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य १६ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको थियो । आइतबार भने सुनको मूल्य स्थिर रहँदा सोही मूल्य कायम रहेको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो ।