आयरल्यान्डसँगको अन्तिम खेलमा नेपाल ‘ए’ को जित

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई तीन रनले हराएको छ । जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो ।

तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *