वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

40 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ ।

उहाँले आज सोमबार तेस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको हो । आजको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् ।

उहाँलाई माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी हानेपाले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहेका ।

माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्मन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।