सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीलाई कांग्रेसको आग्रह

36 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानविनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गर्नुभएको हो । उहाँले सो आरोपको निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताउनुभयो ।

सांसद यादवले संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताउनुभयो । रास्वपाका यी दुई नेताहरुमाथि पनि निष्पक्ष छानविन गर्न उहाँले माग गर्नुभयो ।

सांसद यादवले सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो ।