आज पनि घट्यो शेयर बजार

39 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो ।

आज फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज ज्योति विकास बैंक बोन्ड २०८७ को शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ । बजार समान्य घटेको दिन आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ६१ लाख ३१ हजार कित्ता शेयर २ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुराँस फाइनान्स कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो ।