बाग्मतीका नवनियुक्त चार जना मन्त्रीद्वारा शपथ ग्रहण

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै । बाग्मती प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एमालेबाट मन्त्री बनेका केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज शपथ गराउनुभयाे ।

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरी चार जना मन्त्री समावेश गर्नुभएको थियो । केशवप्रसाद पोखरेलले वन तथा वातावरण, रामेश्वर श्रेष्ठले स्वास्थ्य, एकालाल श्रेष्ठले खानेपानी सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विनाविभागीय मन्त्रीमा शपथ गराउनुभएकाे छ ।