प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

31 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजेका लागि बोलाइएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यसैगरि राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।