सुन आज अहिलेसम्मकै महंगोमा कारोबार हुँदै, तोलामा कति ?

57 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । हिजो घटेको सुनको मूल्य आज फेरि बढेर कारोबारमा आएको छ । सुनले आज नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।

आज सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनायो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला एक हजार ५४५ मा कारोबार भएको चाँदी बुधबार एक हजार ६१० रुपैयाँ पुगेको छ।