राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

35 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधबार हुने भएको छ। बुधबार बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षको निर्वाचन मिति तोकेको हो। बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधबारका लागि तोकेको घोषणा गरे।

उनले नियमावलीबमोजिम संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिए।

उनले भने, ‘मान्य सदस्यहरु, राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि संवत २०८० चैत्र २८ गते बुधवारको दिन तोकेको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव श्री पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २८ गते बुधबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ।