रञ्जिताले भनिन्, सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिनुस्

33 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उहाँले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिनुभएकोे छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *