गण्डकीका मुख्यमन्त्रीले पदबाट दिए राजीनामा

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाउनुभएको थियो ।

सत्ता गठबन्धन परिवर्तनसँगै माओवादीले समर्थन फिर्ता लिएपछि उहाँ गएको फागुन २३ गतेदेखि अल्पमतमा हुनुहुन्थ्यो । उहाँले आजसम्म विश्वासको मत लिनुपर्नेमा विश्वासको मत नलिई राजीनामा दिनुभएको हो ।