एसएमएस फ्रेन्डशिप कपमा नेपाल फाइनलमा प्रवेश

46 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । एसएमएस फ्रेन्डशिप कपअन्तर्गत लिगको चौथो खेल तथा आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ। खेल भारतमा जारी छ ।

गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाउँदै १७३ रनमात्र बनाएपछि ८ रनबाट हार्न पुग्यो।

नेपालले लगातार तीन खेलमा तीनै जितसहित ६ अंक जोडेर अंक तालिकाको शीर्षमा रहँदै फाइनलमा स्थान बनाएको हो।