सुनको मूल्य आज अहिलेसम्मकै धेरै, कति पुग्यो तोलामा ?

35 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज बिहिबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ३३ हजार रुपैयाँ कायम भएको थियो । लगातारजसो सुनको भाउ बढिरहँदा व्यापार घटेको व्यवसायीले बताएका छन् ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय १० रुपैयाँ कायम भएको थियो ।