लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

30 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिनुभएको छ। आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिनुभएको हो।
यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उहाँले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उहाँले विश्वासको मत नलिएर राजीनामा दिनुभएको हो ।
यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहितका पाँच बुँदे सहमति गरेका छन् ।