कानुनी रुपमा छुट्टिए राजेशपायल राई र साङबुङ राई
252 पटक पढिएको

काठमाडौं । गायक राजेशपायल राई र उनकी श्रमती साङबुङ राईले कानुनी रुपमै सम्बन्ध विच्छेद गरेका छन् । यहि चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।
अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन पनि आदेश दिएको छ ।