सुदूरपश्चिम प्रदेशका प्रमुखले गरे नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

27 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख मियाँले आज विज्ञप्ति निकालेर संविधानको धारा १६८ ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई आउँदो वैशाख २ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

यसअघि संविधानको धारा १६८ ९३० बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले राजीनामा दिनुभएको भए पनि प्रदेश प्रमुख मियाँले पुनः उपधारा २ मा फर्किएर दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।