भ्रष्टाचारमा नयाँ वा पुरानो भनेर छुट हुँदैन: गगन थापा

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दल जोसुकैले गरेको भएपनि कानूनको शासनभन्दा माथि कोही पनि नहुने बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा नयाँ वा पुरानो भनेर छुट नहुने बताउनुभयो । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै महामन्त्री थापाले प्रश्नभन्दा माथि कोही पनि नेता नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ ।’