उपनिर्वाचनका लागि उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने

26 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने निर्वाचन आयोगले जनाएको छ ।

उजुरी दिन आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ भने साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । यस्तै चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

यसैगरि चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

आगामी वैशाख १५ गते इलाम–२ र बझाङमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । शनिबार भएको उम्मेदवारी दर्तामा इलाम– २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन, भने बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको छ ।