उपाधिका लागि नेपालले आज गुजरातको सामना गर्दै

21 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । जारी ‘एस.एम.एस फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरातको सामना गर्दैछ । खेल दिउँसो २ः४५ बजे भारतको वापीमा हुनेछ ।

यसअघि लिग चरणका चारमध्ये तीन खेल जितेको नेपाल विजेताको रूपमा फाइनलमा पुगेको हो । गुजरात भने लिग चरणमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको छ ।