एसएमएस त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधि नेपाललाई

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधि जितेको छ । नेपालले आज आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै उपाधि चुमेको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो ।