अर्जुन र राजारामलाई प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार

81 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२६ चैत । धादिङ जिल्लामा रहेर पत्रकारिता गर्दै आईरहेका अर्जुन कुमार श्रेष्ठ र राजाराम डंगोललाई प्रेस चौतारी कृयाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस चौतारी धादिङले स्थापना गरेर हरेक बर्ष बितरण गर्दै आएको सो पुरस्कार सोमबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी पत्रकार द्धयलाई  प्रदान गरेको हो । प्रेस चौतारी धादिङका अध्यक्ष श्रीहजुर सिलवाल (राजन)को अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमालेका केन्द्रिय सदस्य एवम धादिङ इन्चार्ज धर्मदत्त देवकोटाको प्रमुख आतिथ्य रहेको थियो ।

प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार २०७९ बाट अर्जुन कुमार श्रेष्ठ र २०८० बाट राजारम डंगोल पुरस्कृत हुनु भएको हो । श्रेष्ठ रेडियो धादिङ, नयाँ पत्रिका दैनिक र नेपालपथ डट कम अनलाइनमा आवद्ध हुनुहुन्छ भने डंगोल कृषि एफएम र टोलटोलको खबर डट कम अनलाइनमा आवद्ध हुनुहुन्छ ।