माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिँदै

32 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको जानकारी दिनुभयो ।