आइसिसी टी–२० विश्वकपमा नेपाली टिमले लगाउने जर्सी सार्वजनिक

29 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो।

निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ। यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ। छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।

विश्वकप नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ। जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्।