उपनिर्वाचनका लागी आज अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न प्रदान गर्ने तालिका

25 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। काठमाडौं। आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागी आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका छ।

आयोगले आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन गर्ने तयारी गरेको हो। उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।