प्रतिनिधिसभाको बैठक स्थगित

27 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रतिनिधिसभाको बैठक भोलि बुधबारसम्मका लागि स्थगित भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो। अवरोध खुलाउन दलहरूबीच सहमति नभएपछि सूचना टाँस गरेर सदन स्थगित गरिएको हो।

काँग्रेस संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन। सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा काँग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।