सहकारी प्रकरणमा उजुरी पर्दैमा राजीनामा दिन्न: रवि लामिछाने

326 पटक पढिएको

२७ चैत्र २०८०, मंगलवार १८:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । गृहमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने शर्त समेत राख्नुभयो ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानविनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला गृहमन्त्री लामिछानेले भने मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर समेत गर्नुभयो ।