वैशाख १५ को उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

23 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले बुधबार ९आज०बाट आचारसंहिता लागु गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न बुधबारदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गरिएको हो ।आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिसका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर–२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्र– १ ‘क’ मा आचारसंहिता लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ ।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि तयारी समीक्षा गरेको आयोगले जनाएको छ ।