भोलि सार्वजनिक बिदा

28 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) काे अवसरमा सरकारले भोलि बिहीवारका लागि सार्वजनिक बिदा दिएको छ ।

२०७९ सालको चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईदको बिदा राजपत्रमै प्रकाशित भए पनि मिति भने हरेक वर्ष इस्लाम धर्मगुरुहरूले ईद मनाउने मिति तय गरेपछि मात्रै यकिन हुन्छ ।

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।