राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद विमला घिमिरे निर्वाचित, शपथ पनि आजै

27 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ । उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रिय सभामा बुधबारनै भएको निर्वाचनमा निर्वाचित घिमिरे पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिनुभएको छ ।