गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालिन असरका कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी

29 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन असरका कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

गण्डकीको निवर्तमान मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको ईजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न/नगराउन अन्तरिम आदेश जारि गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मूख्यमन्त्री अधिकारी काम चलाउ मुख्यमन्त्रीको हैसियतमा पुग्नुभएको छ । सर्वोच्चले यो विवादको निरुपण चाँडै हुनुपर्ने भन्द मुद्धालाई अग्राधिकार दिंदै बैशाख १० गते अर्को पेशी तोकेको छ ।

सभामुखको समेत समर्थनमा अधिकारी मूख्यमन्त्री नियुक्त हुनु संवैधानिक ब्यवस्था विपरित रहेको भन्दै पाण्डेले अधिकारीको नियुक्ति बदर गरि आफुलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिनुपर्ने माग गर्दै रिट हाल्नु भएको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्ण धिताल लगायतलाई विपक्षी बनाई रिट दायर गरिएको छ ।