संसदमा देखिएको अवरोध चाँडै समाधान हुन्छ: प्रधानमन्त्री प्रचण्ड

23 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ ।

विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवाबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताउनुभएको हो ।

यस्तै सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवम् गृहमन्त्री रवि लामिछानेको विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने उहाँको भनाइ छ ।

प्रचण्डले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाएको आरोप पनि लगाउनुभयो ।