चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण

21 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ठमाण्डौ – एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिबारेको अनुमान परिमार्जन गरेको छ ।

एसियाली विकास बैंकले गएको सेप्टम्बरमा सार्वजनिक गरेको आउटलुकमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको थियो । तर आज एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण गरेको हो । गएको वर्ष भने नेपालको अर्थतन्त्र १ दशमलव ८६ प्रतिशतले मात्रै बढेको थियो ।

यो वर्ष आन्तरिक खपत बिस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको, इन्धनको मूल्य घटेको तथा व्यापार घाटामा कमी र रेमिट्यान्सको वृद्धिले समग्र आर्थिक वृद्धिमा सकारात्मक असर परेको एसियाली विकास बैंकले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ पुग्ने एडीबीको अनुमान छ ।