पार्टीलाई संगठित गर्दै अघि बढ्न नेता कार्यकर्तालाई ओलीको सुझाव

30 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई संगठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ ।

आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रूपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो । ।

आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उहाँले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी संगठनमा लाग्नुपर्ने बताउनुभएको हो ।

आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।