कमेडियन हुँदै राजनितिमा देखिएका हिमेश पन्त फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित

55 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । स्ट्यान्डअप कमेडियन हुंदै राजनितिमा देखापरेका हिमेश पन्त निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् । निर्माणपक्ष र पन्तबिच फिल्मका लागि लिखितसम्झौता भएको छ ।

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा जितु नेपाल र नीति शाह संगै पन्त पनि अनुबन्धित भएका हुन ।

राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशनमा वैशाखको १५ गतेबाट  छायाङ्कन सुरु हुन लागेको फिल्म आउँदो वर्षको तिहारमा रिलिज हुने वताईएको छ ।

मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । फिल्ममा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिनेछ ।

हिमेशले यसअघि ‘वर एण्ड बधु’ र ‘शमशेर’ साइन गरिसकेका छन् ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०७८ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पहिलो ‘कमेडी च्याम्पियन’  पन्त पराजित भए । उनले १२ हजार ४७५ मत ल्याए । यो क्षेत्रमा तत्कालिन गठनवन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका  थिए ।